काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउन आउनेहरुको भिडले आफैंमा सङ्क्रमण फैलिने हो कि भन्ने सन्त्रास देखिन्छ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आइसकेको छैन ।


बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कोरोनो भाइरसको खोप लगाइने गरेको बताउँछन् खोप लगाइदिने स्वास्थ्यकर्मी । भिड नगरी सामाजिक दुरी कायम गरेर लाइन बस्न प्रहरीले आग्रह गरेपनि मानिसहरुमा खोप लगाउन पाइन्न कि भन्ने चिन्ताले लाइनमा पनि भिडभाड गरेर बसेका छन् । महिला र पुरुषको अलग अलग लाइन बनाइएको छ । अस्पताल प्रशासनले कोरोना भाइरस विरुद्धको खोप लगाउन उचित प्रवन्ध हुन सकेको छैन । नागरिकहरुका खोप लगाउनेको तिर्सनाले भिडभाड धेरै रहेको छ । अस्पताल प्रशासनले खोप लगाउने ठाउँ एकै ठाउँमा भन्दा दुई तीन ठाउँमा लगाउने व्यवस्था गरिदिएको भए छिटो र सहज हुनुको साथै सङ्क्रमण फैलिन सक्ने खतरा कम हुने उनीहरुको भनाइ छ ।

नवसञ्चार अनलाइन डटकम


सरकारले काठमाडौंमा ४२ स्थानमा खोप लगाउने व्यवस्था गरेको छ । आफुलाई नजिक र पायक पर्ने ठाउँमा खोप लगाउन सकिने भनेता पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भिड हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । खोपलगाउनका लागि कम्तिमा पनि ३÷४ घण्टा लाइनमा बस्नुभएको खोप लगाउन आउने नागरिकहरुको गुनासो छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने समय तोकिएता पनि त्यहाँको भिड देख्दा साँझसम्मै नसकिने अवस्था छ । यस अस्पतालमा साउन २ गते शनिबारसम्म कोरोना भाइरसको खोप लगाउने अस्पताल प्रशासनले बताएको छ ।