काठमाडौं— मुलुककै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिको तथ्याङ्क सार्वजनिक गरेको छ । देशको आर्थिक वर्ष २०७७÷७८ को ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थितिको चित्रण गरेको छ । राष्ट्र बैंकले जनाए अनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेलमा ३० दशमलब ९८ प्रतिशत, सुर्तीजन्य पदार्थमा ९ दशमलब ८४ प्रतिशत, गैर– राजन्य पेय पदार्थमा ९ दशमलब ८१ प्रतिशत र यातायात उपसमूहमा ९ दशमलब ७० ले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ दशमलब ८७ प्रतिशत, तराईमा ४ दशमलब ४७ प्रतिशत, पहाडमा ४ दशमबल ३२ प्रतिशत र हिमालमा १ दशमलब ७२ प्रतिशत मुद्रास्फीर्ति रहेको उल्लेख गरिएको छ । गत वर्ष २०७७ जेठमा यी क्षेत्रहरुमा क्रमशः ४ दशमबल ४३ प्रतिशत, ४ दशमबल ८६ प्रतिशत, ४ दशमबल १३ प्रतिशत र ४ दशमबल ३४ प्रतिशत मुद्रास्फीर्ति रहेको थियो । यसैगरी २०७८ जेठमा वार्षिक विन्दुगत थोक मुद्रास्फीर्ति ९ प्रतिशत रहेको देखाएको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीर्ति ३ दशमलब ९६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९ दशमबल ६५ प्रतिशत, ९ दशमबल दशमबल ५३ प्रतिशत र ३ दशमबल ९२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यदशवृद्धि ८ दशमबल १६ प्रतिशत रहेको पनि राष्ट्र बैङ्कले जनाएको छ ।

चालु आ.व.को २०७८ जेठमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १ दशमबल ९८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७ दशमबल ४० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २ दशमबल ५६ प्रतिशतले बढेको छ । यसैगरी, २०७८ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीर्ति ४ दशमबल १९ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीर्ति ४ दशमबल ५४ प्रतिशत रहेको थियो भने समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीर्ति ६ दशमबल २२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीर्ति २ दशमबल ६३ प्रतिशत रहेको पनि नेपालराष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेकोे छ ।