काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गरेपछि नेपाली राजनीतिको कोर्ष परिवर्तन हुने सङ्केत देखिएको छ । सर्वोच्च अदालतको फैसलासँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ । यसैक्रममा हिजो बुधबार खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फेट गर्नुभयो । केही महिना अघिमात्रै शान्तिपूर्ण राजनीतिमा अवतरण गर्नुभएका नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर देशको बदलिंदो राजनीतिक परिवेश, पूर्वमाओवादीहरुलाई एकिकृत गर्ने कुरा, आफ्नो पार्टीका जेलमा रहेका राजबन्दीहरुको रिहाइ, देशको समग्र एकिकृत कम्युनिस्ट आन्दोलनको विकास जस्ता विषयमा छलफल गर्नुभएको थियो । हिजो दश वर्षे जनयुद्धमा सँगै एउटै मोर्चामा हिंडेका दुई नेताबीचको छलफलले जनयुक्तका क्रममा एउटै मोर्चामा लडेर अहिले अलग अलग अस्तित्वमा रहेर बसेका सबैलाई समेटर अघि बड्नु पर्ने बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डसँगको भेटमा विप्लवले पूर्व माओवादीहरुको एकताका लागि प्रस्ताव गर्नुभएको स्रोतको भनाइ छ ।

यसैगरी नेकपाका महासचिव विप्लवले आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि नेपाल निवास कोटेश्वरमा भेटेर देशको समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्टहरु पार्टीबीचको एकता र सहकार्यका बारेमा छलफल भएको थियो । नेता नेपालको निवासमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुग्नु भएको थियो । महासचिव विप्लवको साथमा अर्का नेता धमेन्द्र बास्तोला पनि सम्लग्न हुनुहुन्थ्यो । तीनै पार्टीका शीर्ष नेताहरुबीच देशको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा के कसरी सहकार्य गरेर अघिबढ्न सकिन्छ भन्ने विषयमा झण्डै एक घण्टा जति छलफल भएको थियो । नेता विप्लवको राजनीतिक सक्रियताले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्न थप बलपुग्ने र कम्तिमा पनि पूर्वमाओवादीहरु एक ठाउँमा उभ्भिन सक्ने आधार तयार हुन सक्ने ।