काठमाडौं –नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जाँदै हुनुहुन्छ । यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उहाँकै निवासमा जान लाग्नुभएको हो ।

माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको थियो । असार २८ को सर्वोच्च अदालतको फैसलाले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।