काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भोली बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औैं महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । काङ्ग्रेस क्रियाशील सदस्यताको काम सक्ने समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले अझै काम सकेको छैन ।