काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।