काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताउनुभयो । पदभार समारोहलाई सम्बोधन गर्दै उहाँलेर ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ भन्नुभयो ।’ शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्रलाई सही दिशातर्फ अग्रसर गराउने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।