काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नु भएको छ । ओलीको बिदाइमा दर्जनौं चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरिरहँदा झमझम परेको दर्के पानीले ओलीको स्वागत ¥यालीलाई बिथोलेको छ ।

गत असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनुभएको हो । देउवाले हिजो मङ्गलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हिजै साँझ कार्यभार सम्हाल्नु भएको छ ।