काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत ¥याण्डी बेरीले बधाई दिनुभएको छ । हिजो मङ्गलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभएको हो ।

उहाँले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । ‘नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवालाई बधाई एवं शुभकामना,’ राजदूत बेरीले बधाई दिँदै भन्नुभयो, ‘करिव ७५ वर्ष लामो मित्रतालाई सरकारदेखि जनतासम्म सबै तहमा विस्तार गर्न हामी उहाँसँग काम गर्न प्रतिक्षारत छौं ।’