काठमाडौं— राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन’ भनी आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको जिकिर गर्नु भएको छ ।

तात्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई हराएर बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएका डा. देवकोटाले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्रीबाट विदा हुने क्रममा व्यक्त गर्नुभएको टिप्पणीको जवाफ दिनु भएको छ ।

जनताको अभिमतबाट निर्वाचित एक सय ४९ जना सांसदले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटन गरेका कारण न्यायका लागि उनीहरु अदालत भएको डा.देवकोटाको भनाइ छ ।