काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । अपरान्ह्र ६ बजेका लागि तय गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको वक्तव्यले विवाद उब्जाएको थियो । उक्त विज्ञप्ती नसच्याएसम्म शपथ नलिने नवनियुक्त प्रधानमन्त्री देउवाको अडानका कारण अढाइ घण्टा ढिलो पछि आठ बजेर १५ मिनेटमा शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ ।


नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै नेपाली काङ्ग्रेका बालकृष्ण खाँडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला र माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भूषाललाई उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रीमा नियुक्त गर्नु भएको छ । सबै चारै जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नु भएको छ । शपथग्रहणको कार्यक्रम भरखरै सकिएको छ ।