काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी सरकारले नेपाललाई १५ लाख ३० हजार आठसय ५० डोज जोन्सन एण्ड जोन्सनको खोपको मात्रा उपलब्ध गराएको थियो । अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन र चीनबाट खरिद गरी ल्याएको भेरोसिल खोप आज मङ्गलबारदेखि लगाउने भनिएता पनि खोप लगाउन सहजीकरण गर्ने भन्दै सरकारले साउन पहिलो हप्तादेखि लगाउने व्यवस्था गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक जोड मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उक्त जोन्सन एण्ड जोन्सन खोप काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म खोप दिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभ्यास कार्यक्रम अन्तर्गतकोे जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप हिजो नेपालका लागि अमेरिकी राजदुतले नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।

आजबाट काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागकिर, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सर्वाजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइनेछ ।