काठमाडौं –केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि बडालले राजीनामा दिनुभएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले राजीनामा बुझाएको उहाँले बताउनुभयो । अहिले दिउँसो १ बजे महान्यायाधीवक्ताको कार्यालयमा बडालको बिदाई समारोह राखिएको छ ।