काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. अधानोमले यस्तो बताउनुभएको हो ।

सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अझै पनि कतिपय देशमा अग्रपङ्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप नपाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी रूपमा खोपको उपलब्धता ठुलो खाडल रहेको समेत बताउनुभयो । – एजेन्सी