काठमाडौं– देशको आज मङ्गलबारको मौसम सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यमखालको वर्षाहुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मध्यान्नदेखि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भैरहेका महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार प्रदेश नम्बर एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोे छ । मङ्गलबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।