काठमाडौं – असार १७ गतेदेखि सुरुभएको राष्ट्रियसभाको अधिवेशन आजबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गर्नुभएको हो । सरकारले बाध्यात्मक अवस्थामा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको थियो ।
अधिवेशन आज तीन बजेका लागि बोलाइएको भए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गरिदिएपछि उत्पन्न बदलिंदो राजनीतिक परिवेशलाई ख्याल गर्दै आजका लागि बोलाइएको बैठक सुरुहुनु अघिनै अधिवेशन अन्त्य गरिएको हो ।