काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा छ सय ८० गरी दुई हजार तीन सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो ।
यसैगरी मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप एक हजार एक सय ३३ जना निको भै घर फर्किएका छन् ।