काठमाडौं– सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापना गरेलगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिनु भएको छ । नेता नेपालले प्रतिनिधिसभा पुनर्बहाली गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसद्लाई बचाएको प्रतिक्रिया दिनुभएको छ ।

वरिष्ठ नेता नेपालले आजको फैसलाबाट नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको भन्दै यो फैसलाले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको बताउनु भएको छ । नेता नेपालले दुवै पटक नै प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चले विघटनको मुद्दालाई उल्ट्याइ संविधानको संरक्षण गरेको प्रतिक्रिया दिदै यसले सर्वोच्च अदालतको भूमिका र मर्यादालाई माथि उठाएको धारण व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुष ५ गते र २०७८ साल जेठ ७ गते गरी दुई÷दुई पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले आज गरेको फैसलाबाट नेपालको संविधान २०७२ लाई लिकमा ल्याउने काम भएको छ । संविधानको व्याख्याता र रक्षक न्यायपालिका भएको निमोठ्न खोजिएको संविधानलाई सर्वोच्च अदालतको फैसलाले अझ मजबुत बनाइ दिएको छ ।