काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोक्न अमेरिकाले नेपाललाई दिने भनिएकोे जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगको छ । कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकाले १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो ।
एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख खोपको मात्र नेपाल आइ आइपुगेको हो । कतार एयरको नियमित उडानमार्फत् नेपाल ल्याइएको उक्त खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको थियो ।


स्वास्थ्यमन्त्री श्रेष्ठले बताए अनुसार अमेरिकी सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको उक्त खोप प्राथमिकताको आधारमा ५० वर्षदेखि ५४ वर्षका उमेर समूहलाई दिइने छ भने विदेश जानेहरु, यातायात क्षेत्रका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा रहेकाहरुलाई खोप दिने तयारी रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । नेपालका लागि अमेरिकी राजदूत बेरीले अमेरिकाका तर्फबाट नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप प्रदान गरिएको बताउनु भएको छ ।