काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेर अघिमात्रै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकको एजेण्डा के के छन् भन्नेबारे खुलाइएको छैन । अहिले बसिरहेको बैठक मन्त्रिपरिषद्को सोमबार बस्ने गरेको नियमित बैठक भएको बालुवाटार स्रोतले बताएको छ । अहिले बसिरहेको बैठक आज हुने सर्वोच्च अदालतको फैसला पछि हुनसक्ने देशको राजनीतिक अवस्थाको बारेमा पनि छलफल हुने बताइएको छ ।