फाइल तस्वीर
चितवन – अविरल वर्षाका कारण देशकै लाइफ लाइन मानिने नारायणढ– मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको मुग्लिनस्थित ट्राफिक प्रहरीले जनाएको छ । मुग्लिनबाट करिब ८ किलोमिटरमा पर्ने कालीखोलानेर आज बिहान करिब ४ बजेतिर सुख्खा पहिरो खसेर सडक अवरुद्धहुँदा आवत जावत नै रोकिएको छ । पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सञ्चालन गर्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


मनसुन सुरुभए सँगै नारायणगढ–मुग्लिन खण्ड प्रयाः दैनिक रुपमा अवरुद्ध हुँदै आएको छ । पहिरोका कारण सडकको कतिपय भाग नै क्षतविक्षत हुन पुगेको छ । विश्व बैंकको ऋणमा निर्माण भएको उक्त सडक तीन वर्षअघिमात्र सम्पन्न भएको थियो ।