काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खारेजी विरुद्ध निर्वाचन आयोगमा दर्ता भएको मुद्दालाई आयोगले अस्वीकार गरिदिएको छ । माओवादी केन्द्र छोडेर एमालेमा बसेका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा खारेजीको निवेदन परेको थियो । आयोगको आज आइतबार दिउँसो बसेको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो ।
निर्वाचन आयोगले माओवादी केन्द्रले आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरिरहेको भन्दै उक्त दललाई अवैधानिक ठहर गर्न नमिल्ने आयोगले बताएको छ ।
माओवादी पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा देखिएका नवएमाले नेता रामबहादुर थापा बालद, मणिचन्द्र थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशङ्कर चौधरीलगायतका नेताहरुको राजनीति यतिबेला ओझेलमा परेको छ । नेकपा माओवादी केन्द्रले यी नेताहरुलाई कारवाही गरी पार्टीबाट निश्कासन गरिसकेको छ ।

निर्वाचन आयोगः फाइल तस्बिर