काठमाडौं– आज देशभर पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणकै कारण आज थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


काठमाडौं उपत्यकामा आज तीन सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएका मध्ये काठमाडौंमा दुई सय ६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी आज १ हजार ५ सय ३३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।