काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान गर्ने विषय लम्बिलै गएको छ । एमाले संस्थापन पक्ष वार्ता र छलफलका नाममा वार्ता सहमतिको नजित पुगेको भन्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित बनाउन सहमतिको नाटक गरिरहेको आरोप एकातिर लाग्दै आउको छ । त्यसैगरी असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले वार्तालाई अलमल्याउँदै अदालतको फैसला कुरेको आशङ्का गरिएको छ । विवाद समाधान कार्यदलले सहमतिको अन्तिम रुप दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर टुङ्ग्याउने भनिएकोमा कार्यदलको बैठक नै प्रभावित हुन थालेको छ ।


हिजो साँझसम्ममा एकताका बुँदा तयार गरी सहमति गर्ने निष्कर्षमा पुगेको कार्यदलको बैठक एकाएक रोकिन पुगेको पुग्यो । वरिष्ठ नेता माधवकुमार नेपाल बिरामी भएले कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेपछि कार्यदलमा रहेका ओली पक्षका नेताहरु सशङ्कित भएका छन् । नेपाल र प्रचण्डको भेटको कारणले हिजो पनि सहमति हुन नसकेको भनिएको छ । एमाले संस्थापन पक्ष सर्वोच्च अदालतको फैसला आउनुभन्दा अगाडि नै असन्तुष्ट पक्षसँग सहमति गरेर ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको छ । तर दुवै पक्षबीच सहमति भए पनि ओलीले निर्णय कार्यान्वयन गर्दैनन् भन्नेमा नेपालपक्षको आशङ्का छ । दुवै पक्षबीच विश्वासको ठूलो सङ्कट छ । संस्थापन पक्ष सर्वोच्चको फैसला आउनु अघि नै सहमति गर्न चाहन्छ भने नेपाल पक्ष सर्वोच्च फैसला आउँदासम्म वार्तालाई लम्ब्याउन चाहन्छ । एमालेको एकताको सहमतिको अन्तिम विन्दू भनेको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनु हो भन्ने पनि छ । तर ओली दुवै पद छोड्न चाहनु हुन्न । त्यसैले एमालेको विवाद सहजरुपमा तत्काल सहमति हुने सम्भावना न्यून देखिन्छ ।


एमाले संस्थापन पक्ष वार्ताका नाममा असन्तुष्ट पक्षले अल्मल्याएको आशङ्का गरेको छ । हिजो माओवादी केन्द्रका अध्यक्ष र एमाले वरिष्ठ नेता नेपालबीच भएको भेटले एमाले संस्थापन पक्ष हच्किएको छ संस्थापन पक्षले दुवै नेताको भेटप्रति असन्तुष्टी प्रकट गरेको छ । तर नेताको सचिवालयले नेता नेपाल बिरामी भएकोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न आउनु भएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।
नेता नेपाललाइए जनै खटिरा आएकोले चिकित्सकको अल्लाह अनुसार नै निवासमा आराम गरेर बस्नु भएको सचिवालले भनेको छ । नेता नेपाल र विरामी भएर घरमा आराम गरेर बस्नु भएको प्रचण्ड स्वास्थ्य अवस्थाबारेमा बुझ्न आउनु भएको बताइएको छ । नेता द्वयबीच अन्यकुनै विषयमा कुराकानी र छलफल नभएको विज्ञप्तिमार्फत् प्रष्ट््याएको छ l


हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिको नजिक पुगेको भनिएता पनि कुनै निर्णय भने हुन सकेन । आज आइतबार पनि कार्यदलको बैठक बस्ने र आजसाँझसम्ममा सहमति हुनसक्ने संस्थापन पक्षका नेताहरुको भनाइ छ । भोलि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउन सक्ने सम्भावना रहेको छ । त्यसैले आजपनि यी दुवै पक्षबीच सहमति हुने सम्भावना न्यून देखिन्छ ।