काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने दाबी गर्नुभएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनु भएका थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत कानुन लागू भइसक्दा पनि सरकार यसको उल्लङ्घनमा लागेको भनी आरोप लगाउनुभएको हो ।

एमाले वरिष्ठ नेता झलनाथ खनालको भारतको एपोलो अस्पतालमा लागेको उपचार खर्च शुरुमा एमाले पार्टीले नै गर्ने निर्णय भएको थियो । पछि उहाँको उपचार खर्च सरकारले तिर्ने निर्णय भएको समाचार सार्वजनिक भयो । सोही निर्णयबारे काङ्ग्रेसका युवा नेता थापाले विरोध जनाउनु भएको हो ।

थापाले भन्नुभएको छ – ’उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास ग¥यौं र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौं, तर पनि प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।’
यसका लागि कानुन नभई नहुने देखेपछि आफै लागेर कानुन संशोधन गरेको उहाँको भनाइ छ । थापाका अनुसार, ’कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै’’प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन“भन्ने संशोधन प्रस्ताव राखेँ ।’

Gagan Thapa@thapagz कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै”प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”भन्ने संशोधन प्रस्ताव राखेँ 1

Gagan Thapa@thapagkयो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागूभयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?