काठमाडौं – आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ । भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै सोमबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।