काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशको केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली भएर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा राति देखि नै वर्षा भैरहेको छ । यस्तै देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा पनि हल्का वर्षा भैरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्गसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।