काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार २ सय ८६ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १ सय ३० जना र पीसीआर विधिबाट ५ हजार ३ सय ७४ जनामा परीक्षण भएको हो । यससँगै देशभर पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमितको कुल संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म ६ लाख १५ हजार ६ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट हालसम्म ९ हजार ३ सय २० जनाले ज्यान गुमाएका छन् ।