चितवन – रातिदेखि परेको पानीका कारण आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । पहिरो खुलाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ । सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् । माथिबाट लेदोसहित ठुलठूला ढुङ्गाहरू झरेर सडक अबरुद्ध हुने गरेको छ ।