काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सइ ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सइ ९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै आज बुधबार थप १ हजार ३ सय ३३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन