काठमाडौं – राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएकाछ । पार्टी भित्रको विवाद र देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उहाँहरुबीच करिब दुई घण्टा छलफल भएको बताइएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे शीतल निवास महाराजगञ्ज पुग्नु भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको बहस सकिएको र २८ गते सोमबारका लागि हेर्दाहेर्दैमा पेशी तोकिएको हुँदा सोही दिन फैसला आउन सक्ने अपेक्षा गरिएको छ । अदालतको फैसलाको मिति नजिकिएसँगै राष्ट्रपति र प्रधानमन्त्री बीचको यो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधानमन्त्रीका हरेक कदमलाई राष्ट्रपतिले साथ दिंदै आउनु भएको छ ।