काठमाडौं – नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुनेछ । यसअघि हिजो मङ्गलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए ।

“कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीको विषयमा पनि छलफल भयो । अदालतको फैसलापछि जसरी नेकपा (एमाले) पुनर्जीवित भएको छ । अब, त्यसपछि संगठनका सम्पूर्ण कामहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भएका छलफलहरूको बारेमा पनि कुराकानी भयो,” कार्यदल सदस्य भीम रावलका अनुसार, “पार्टी पुनर्जीवित भइसकेपछि संगठनका विषयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।” आजको बैठकमा पनि यसै विषयमा छलफल हुने उहाँको भनाइ छ ।