काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ सङ्क्रमणमुक्त भएका छन् । देशभर हालसम्म २५ हजार ८ सय २८ सक्रिय सङ्क्रमित रहेका छन् । आज ७ हजार ५ सय ३ पीसीआर तथा ५ हजार ८२ एन्टिजेन परीक्षण भएको छ ।