काठमाडौं – विवादको उल्झनमा जेलिएको जनता समाजवादी पार्टी (जसपा) को विवादलाई निरुपण गर्न निर्वाचन आयोगले दुवै समूहलाई छलफलका लागि आज बोलाएकोे छ । आज ११ बजे दुवै समूहलाई छलफल गर्न आयोगमा बोलाएको हो । महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच पार्टीको आधिकारिकता सम्बन्धी विवाद हुँदै आएको छ । दुवै समूहले आफ्नो पक्षको आधिकारिकता दावी गर्दै आएका छन् । दुवै पक्षबीच छलफल गरेर सहमति नजुटे दाबी अनुसार प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।
जसपामा एक समूहले अर्को समूहलाई कारवाही गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र गठबन्धनलाई समर्थन गर्ने भन्दै ठाकुर र यादवबीच चर्को मतभेद हुँदै आएको थियो । विवादकै बीच ठाकुर पक्षका नेताहरु सरकारमा समेत सहभागी भएका थिए भने यादव पक्ष गठबन्धनमा सामेल छ । ठाकुर पक्षका नेताहरुको मन्त्री पद खोजिएसँगै जसपाको विवाद केही सेलाएको थियो । आज निर्वाचन आयोगमा छलफल भएपछि आधिकारिकताको टुङ्गो लाग्ने छ ।