काठमाडौं – आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई÷दुई स्थानमा खोप केन्द्र तोकेको हो ।

दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।