काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४ सय ९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ६ लाख ४६ हजार ३ सय ६७(पीसीआर) र ३८ हजार ९ सय ९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म सङ्क्रमित ६ लाख ११ हजार ४ सय २९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।