काठमाडौं – संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम अवस्थामा रहेका बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो ।

बिहीबार बसेको आयोगको बैठकले उक्त कार्यतालिका सार्वजनिक गरे पश्चात् आज सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो । कार्यतालिकामा मतदाता नामावली, दल दर्ता र उम्मेदवारी मनोनयन लगायत उल्लेख छन् ।

सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० मा उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ । यस्तै दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा ३१ असोजमा उम्मेदवारी मनोनयन गर्नुपर्ने छ ।

मध्यावधि निर्वाचनको कार्यतालिका :