काठमाडौं – एमालेको विवादले निकास पाउने सम्भावना न्यून बन्दै गउको छ । एउटै पार्टीको नामबाट अस्तित्वमै रहिरहेका पक्षी र विपक्षीबीच लामो कलहले न मिल्लन सकेका छन् न त जुट्न नै । नेताहरुको अभिव्यक्ति सुन्दा जुट्ने अवस्था पनि देखिंदैन । पार्टी कमिटीको बैठक अवैधानिक भनिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दोस्रो तहका नेताहरु एकता गर्ने पक्षमा पहल गरिहरका छन् । तर हातलाग्यो सुन्यको अवस्थामा एमालेको राजनीति मतिभ्रष्ट भैरहेको छ ।

यसैबीच प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत पार्टीका २३ सांसदले प्रतिनिधिसभा विघटन विरुद्ध उत्रँदै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको दवास सहितको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । तर एमाले असन्तुष्ठ पक्ष यथास्थितिमा हस्ताक्षर फिर्ता नलिने पूर्ववत अडानमा छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा १८ गते शुक्रबार बसेको ओली पक्षीय एमालेको केन्द्रीय समिति बैठकमार्फत् अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको काङ्ग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा गरिएको हस्ताक्षर फिर्ता लिन समयसीमा तोक्दै हस्ताक्षर फिर्ता नलिए एमाले नै नरहने चेतावनी दिनुभएको थियो ।

तर वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसक्नु भएको छ । एमाले भित्रको साँडेको जुधाइ बाच्छाको मिचाइ जस्तै भएको छ । शीर्ष नेताहरुबीच जुँगाको लडाईंमा पेलिएका नेता तथा कार्यकर्ताहरु पार्टी विभाजनको पक्षमा छैनन । तर दुई नेताबीचको विवादले पार्टीमा थप जटिलता र नयाँ मोडमा प्रवेश गरेको छ । प्रधानमन्त्री ओलीको अहङ्कारले एमालेको राजनीतिक धरापमा परेको विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति सुन्दा उहाँमा राजनीतिक संस्कार र सहनशीलता सून्य छ । उहाँ पक्षका नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शङ्ककर पोखरेललगायतका विश्वासपात्रहरु ओलीसमक्ष फेस गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीका सामू त्यो कित्तामा उभिएका दोस्रो तहका नेताहरु ओलीका विरुद्ध चुइक्कसम्म बोल्न नसक्दा पार्टी एकतामा तरार आएको राजनीतिक वृत्तमा चर्चा भैरहेको छ । ओली पक्षीय नेताहरु माधवकुमार नेपाललाई भेट्ने क्रममा ‘अध्यक्षले आफ्नै कुराबाहेक अरुको सुन्न चाहनु हुन्न त्यसैले तपाईं अलि चलक भैदिनु पर्यो कमरेड । पार्टी एकता जोगाउने जिम्मेवारी तपाईंको हातमा छ’ भनेर एकाताका लागि अनुरोध गरेका कुराहरु सार्वजनिक भैरहेका छन् ।

अध्यक्ष ओलीलाई उहाँकै कोटरीका मैं हुँ भन्ने नेताहरुले समेत लगाम लगाउन सक्नुभएको छैन भने असन्तुष्ट माधवकुमार नेपाल पक्षबाटमात्रै कसरी पार्टी एकता सम्भव होला र ! त्यसैले पार्टी एकता जोगाउने हो भने मूल नेतृत्वले अभिभावकीय भूमिका देखाउने अवसर पनि छ, प्रधानमन्त्री ओलीलाई ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ । प्रधानमन्त्री ओलीले एमाले असन्तुष्ट पक्षलाई साम, दाम, दण्ड, भेदका सबै अश्त्र प्रयोग गरेर नेपाल पक्षलाई गलाउने कोशिश गरिरहनु भएको छ ।

एमाले भित्रको कित्ताकाटको राजनीति अब ठूलो समस्या बन्देछ । अध्यक्षको हठ, दम्भ, अहङ्कारले नेपाली राजनीतिमा उदाएको बामशक्ति अब पतनउन्मुख छ । संगठित हुनुपर्नेमा प्रधानमन्त्री ओलीको कुण्ठाको राजनीतिले बामपन्थी पार्टीप्रति आस्था राख्ने ठूलो जनमत मात्र होइन स्वयम् पार्टीका कार्यकर्ताहरुमा समेत वितृष्णा पैदा भएको छ । नेकपा एमालेको राजनीतिलाई प्रतिनिधिसभा विघटनका विरुद्धमा सर्वोच्च अदालतको फैसलाले दिशानिर्देश गर्नेछ । एमाले असन्तुष्ट पक्ष सर्वोच्च अदालतको निर्णयको पर्खाइमा छ ।