काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखा आज मुलुकका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने प्रदेश नम्बर १ र २, त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ ।
दक्षिणि भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले सोमबार दिउँसो पनि प्रदेश १ र २, बागमती प्रदेशसहित सबै प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।