काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार १ सय ३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ६१ कोरोनभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४ सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।