काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता छानविन समितिको प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ । रमेश लेखक संयोजक रहेको समितिको प्रवक्ता पौडेललाई बनाइएको हो । महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताबारे चासो बढ्दै गएपछि त्यसको सूचना प्रवाहका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिले जानकारी दिएको छ ।

समितिले असार मसान्तभित्र सदस्यता छानविन टुङ्ग्याएर केन्द्रीय समितिलाई सूची बुझाउने तयारी गरिरहेको छ । यसअघि २० असारसम्म समय तोकिएकोमा विभिन्न जिल्लामा समायोजनका काम नटुङ्गिएपछि क्रियाशील सदस्यता छानविनमा समय लागेको हो ।