काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेको एकता प्रयास लगभग सकिएको छ । पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले खनाल–नेपाल समूहलाई सोमबार बेलुका पाँच बजेसम्म संसद पुनस्र्थापना सहित प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई दिएको समर्थनको हस्ताक्षर लिखितरुपमा फिर्ता लिन दिनुभएको निर्देशनलाई असन्तुष्ट उक्त समूहले फिर्ता नहुने बताएको छ । वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहका सांसदहरुको शनिबार बसेको बैठकले हस्ताक्षर फिर्ता नहुने वरिष्ठ नेता नेपालले बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा १८ गते शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले वरिष्ठद्वय खनाल–नेपाल समूहलाई सोमबार बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी फुटको अवस्थामा पुग्ने चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले गरेका बैठक र निर्णयहरु अवैधानिक भएको भन्दै खनाल–नेपाल समूहले त्यसको प्रतिवाद गर्दै आएको छ । यथास्थितिमा उक्त हस्ताक्षर फिताए नहुने भन्दै सर्वोच्च अदालतको फैसलापछि मात्रै नेकपा एमालेको राजनीतिले कोल्टे फेर्ने देखिन्छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन बिरुद्ध परेको मुद्दाको सुनुवाइ अन्तिम अवस्थामा पुगेको र सम्भवत सर्वोच्चले यसैहप्ता आफ्नो पैmसला सुनाउने छ ।
हिजो शनिबार पनि ओली पक्षीय एमाले बैठक बसेको थियो । सोही सिलसिलामा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध र नेपाली काङ्ग्रेसमन सभापति देउवालाई गरेको समर्थन लिएर पार्टीलाई एक ढिक्का बनाएर जान आग्रह गरेता पनि नेता नेपालले तत्काल हस्ताक्षर फिर्ता लिन नसकिने जानकारी गराउनु भएपछि एमालेको एकता प्रयास हाललाई टरेको देखिन्छ ।