काठमाडौं – मनसुन सक्रिय भएसँगै आज शनिबार दिनभर मौसममा बदली भै देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेकाले पानी पमौसम पूर्वानुमान महाशाखारिरहेको महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा ले जनाएको छ ।

आज दिनभर प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान हल्कादेखि भारी वर्षा हुने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षात् हुन सक्ने मौसमविदले जनाएका छन् । शनिबार राती पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रहरुमा पहिरो खस्ने र नदीहरुमा बाढी आइ पानीको सतह उच्च हुनसक्ने महाशाखाले सचेत गराएको छ । देशका सानादेखि ठूला नदी र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै यसबाट दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् । तीन दिनदेखिको अविरल वर्षाले देशका प्रया सबै नदी र खोलानालाहरु बढ्न गै ठूला सप्तकोशी र नाराणणी नदीमा पानीको बहाव उच्च रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अध्यधिक पानीपरेका कारण ठूला साना गरी १४ भन्दा बढी राजमार्गहरु अवरुद्ध भएका छन् ।