काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दावी गर्नुभएको छ । उहाँले एमाले र सरकारका विरुद्ध स्याल हँुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताउनुभयो ।

आज शुक्रबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका सवालमा समस्या देखिएको बताउँदै ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलङ्घन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको बताउनुभएको छ ।’

प्रधानमन्त्रीले केही जरुरी र महत्वका विषयलाई न्याय गर्ने समेत बताउनुभयो । ओलीले अदालतलाई दबाब दिने र पार्टी एकतालाई कमजोर पार्ने प्रयासहरु भैरहेको भन्दै ‘आफ्नो सरकार ढाल्ने, दलीय अनुशासन उलङ्घन गर्ने र अराजकता सृजना गर्ने काम भैरहेको बताउनुभएको छ ।’ उहाँले राष्ट्रपतिमाथि समेत हरेक ठाउँमा औँला उठाउने र निकृष्ट तबरमा उर्लिने काम भैरहेको बताउनुभयो ।