काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । यसअघि आवश्यक तयारी नपुगेको जनाउँदै हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । काङ्ग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

काङ्ग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभएको छ । बैठकमा काङ्ग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ ।