काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा उत्रिएका छन् । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् । आज बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।