काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज ३३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ । गत २४ घन्टामा ४ हजार १७ सङ्क्रमणमुक्त भएका छन् । देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३ सय १६, ललितपुरका ७४ तथा भक्तपुरका २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।