काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन ।

प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार ‘असारको २० वा २१ गते हुन सक्छ ।’ बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताउनुभएको थियो ।

राष्ट्रपतिले सङ्घीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेता पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उहाँले संसदमा सम्बोधन गर्नुभएको छैन ।