काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि संवैधानिक इजलासमा जारी छ । आज बिहिबार प्रधानमन्त्रीको तर्फबाट पुर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय अब ४ घण्टा ३३ मिनेट बाँकी छ ।

हिजो बुधवार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, सुशिल पन्त, र विजयकान्त मैनालीले बहस गर्नुृभएको थियो । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई उपस्थित हुनुहुन्छ ।

सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, काङ्ग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।