काठमाडौं – अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताउनुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल–खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको एकताको आह्वानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताउनुभयो ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताउनुभयो । उहाँले यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन नहुने दाबी गर्नुभएको छ ।

अर्थमन्त्री पौडेलले संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने विश्वास व्यक्त गर्नुका साथै पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने बताउनुभयो ।